कांग्रेस प्रवक्ताको टिप्पणी : राजीनामा दिनुभएको हो कि कार्यबाहक ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कृष्णबहादुर महराले सभामुख पदबाट दिएको राजीनामा कार्यबाहक दिएजस्तो भएको टिप्पणी गरेको छ । प्रस्ट राजीनामा आउनुपर्ने कांग्रेसले बताएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महराले सभामुखबाट दिएको राजीनामा अपुरो भएको बताएका हुन् । 

महराले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिएसम्म’ उल्लेख छ । सोप्रति इंगित गर्दै उनले भने, ‘राजीनामा दिनुभएको हो कि कार्यबाहक ?’

छानबिन एक वर्षसम्म लम्बिएमा संसद कार्यबाहकले चलाउने ? भन्ने प्रश्न गर्दै शर्माले महरामाथि लागेको यौन दुर्व्यहारको आरोपबारे सामान्य नागरिकसरह छानबिन गर्नुपर्ने समेत बताए ।





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १७:१४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया