माइतीघरमा प्रदर्शन गर्दै विवेकशील नेताले भने– सभामुख महराको राजीनामा दसैँ बिदाजस्तो देखियो

काठमाडौं– बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई तत्काल गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

‘दबाब कार्यक्रम’ भनिएको उक्त प्रदर्शनमा बोल्दै विवेकशील नेपाली दलका प्रदेश ३ का सांसद रमेश पौडेलले महराको छवि पहिलेदेखि नै विवादास्पद रहेको भन्दै उनी सभामुख हुनु नै गलत भएको टिप्पणी गरे । ‘महरा पहिलेदेखि नै विवादित मानिस हुन् । केही समयअघि उनी चाइनिज नागरिकसँग सांसद खरिद–बिक्रीको लागि पैसा मागेर विवादमा आएका थिए,’ प्रदेश सांसद पौडेलले भने, ‘यस्तो मानिस सभामुख पदमा पुग्नु नै गलत हो ।’ 

‘बलात्कारजस्तो जघन्य अपराधको आरोप लागेपछि छानबिन अवधिभरको लागि राजीनामा भनेका छन्,’ उनले प्रश्न गरे, ‘के महरा दसैँ बिदा लिएर घर जान लागेका हुन् ?’ महरामाथि लागाइएको आरोपको प्रकृति र मिडियामा आएका फोटोहरु हेर्दा उनको गल्ती प्रस्ट भएको भन्दै पौडेलले छनबिन नसकिने बेलासम्म राजीनामा भन्नुको अर्थ उनी दसैँ बिदामा घर जान लागेकोजस्तो देखिएको टिप्पणी गरेका हुन् । 

पछिल्लो समय प्रहरीको पनि व्यावसायिक छावि र व्यावसायिक भूमिकामा समेत प्रहार भएको भन्दै उनले पीडितले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको तर घटना भएको स्थललाई नियन्त्रणमा नलिएकाले प्रहरीको नियतमा समेत खोट देखिएको बताए । भोलि यो मुद्दा यत्तिकै सिध्याउने र फेरि सभामुखमा नै फर्कने नियतले त्यस्तो राजीनामा दिएको भन्दै पौडेलले निष्पक्ष छानबिनको माग गरे ।





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १७:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया