मीनेन्द्र रिजाल र ज्ञानेन्द्र शाहीमाथिको आक्रमणप्रति मानवअधिकार आयोगको ‘गम्भीर ध्यानाकर्षण’

काठमाडौं– कांग्रेस नेता मीनेन्द्र रिजाल र भ्रष्टाचारविरोधी अभियन्ता भनिएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आइतबार तनहुँको ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेता रिजालमाथि आक्रमण प्रयास भएको थियो भने शनिबार चितवनमा शाहीमाथि सांघातिक आक्रमण भएको थियो । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले यी दुवै घटनाप्रति ध्यानाकर्षण भएको बताएको हो ।

‘यी घटनाले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र विनाअवरोध भयरहित वातावरणमा आवतजावत गर्न पाउने अधिकारको उल्लंघन भएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ, ‘यस प्रकारका घटना दोहोरिन नदिने दृढता सरकारबाट आउन नसकेकोमा आयोग चिन्ता व्यक्त गर्दछ । यस घटनाका दोषी पत्ता लगाई कानुनबमोजिम सजाय दिलाउन सरकारले देखाएको उदासीनताले मुलुकमा सुशासन र मानव अधिकारप्रति सरकारले गरेको प्रतिबद्धतामा प्रश्न उठेको छ ।’

आयोग प्रवक्ता वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा कुनै पनि बहानामा यस किसिमको स्वतन्त्रताको अपहरण नगर्न तथा सभा सम्मेलन गर्ने र विचार राख्ने अभिव्यक्ति स्वतन्त्रताको वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरिएको छ ।





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १७:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया