त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बाबेसँग पराजित

काठमाडौं– सिङ्गापुरमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल जिम्बाबेसँग पराजित भएको छ । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदनमा भएको खेलमा नेपाल जिम्बाबेसँग ४० रनले पराजित भएको हो । 

टस हारेपछि ब्याटिङको निम्तो पाएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो । जिम्बाबेका लागि कप्तान सेन विलियम्सले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५३ रनको योगदान दिएका थिए । सिंगापुरको योगफलमा रायन बर्लले २८, पिटर मोरले २१, टिनोटेन्डा मुटोम्बादजीले २०, रिचमन्डले १७, रिग्स चकाभले ६ रन प्रहार गरे ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिएका थिए । कप्तान पारस खड्का र अभिनास बोहराले १–१ विकेट लिए ।

१६१ रनको टार्गेट पाएर मैदानमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो । नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रनको योगदान दिए । आरिफ सेख २५, करण केसी १८, पारस खड्का १२, सोमपाल कामी ७, सन्दीप लामिछाने र कुशल मल्ल ५, दीपेन्द्र सिंह ऐरी ४, अभिनास बोहोरा ३ रनमा आउट भए । पवन सरार्फ र सुशन भारीले खाता खोल्न नै सकेनन् ।

जिम्बाबेका लागि सेन विलियम्सले ३, टिनोटेन्डाले २ विकेट लिए । नेपालले यो सिरिजमा अब सिंगापुरसँग एक खेल खेल्नेछ । 





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार २१:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया