बाैलाहा कुकुरले टोक्दा ५० भन्दा बढी घाइते
साङ्केतिक तस्वीर

महाेत्तरी– जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । मनरा सिस्वा नगरपालिकाबाट मानिसलाई टोक्न सुरु गरेको कुकुरले एकडारा गाउँपालिका र जलेश्वर नगरपालिका विभिन्न स्थानका ५० जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको अस्पतालले जनाएको छ ।

कुकुरले शरीरका विभिन्न भागमा टोकेका अधिकांश घाइतेलाई तत्काल 'एआरभी' र 'इम्युनोग्लोवलिन इन्जेक्सन' नभएपछि जनकपुर तथा अन्यत्र उपचारमा पठाएको जिल्ला अस्पताल जलेश्वरले जानकारी दिएको छ ।

गाउँमा आतंक मच्चाउने कुकुरलाई समात्न जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली खटिए पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले बताए । उनले कुकुरलाई गोली हान्न निर्देशन दिइसकेको बताए ।

यता जलेश्वर अस्पतालका डा मृत्युञ्जय ठाकुरले केही बिरामीको घाटीमा कुकुरले टोकेकाले तत्काल भ्याक्सिन लगाउनु पर्ने भए पनि भ्याक्सिन उपलब्ध नरहेको बताए । उनले स्टोरलाई खबर गरेको बताए ।





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार २३:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया