दीपिकालाई फोन गर्न भुले साहरुखले

एजेन्सी— बलिउड अभिनेता साहरुख खान एउटा काममा यति व्यस्त भएछन् कि उनले दीपिका पादुकोणलाई फोन गर्न नै भुलेछन् । त्यसपछि त दीपिकाले सामाजिक सन्जालको प्रयोग गरेर साहरुखलाई यो विषयमा जानकारी दिइन् । साहरुखले खासमा ट्विटरमा सोमबार एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो राखेका छन् । अनि त्यसको क्याप्सनमा लेखेका छन्, ‘पूरै रात आफ्नो लाइब्रेरीको सफा गरेँ ।’ 

यो फोटोमा अभिनेत्री दीपिका पादुकोणले तुरुन्तै लेखेकी छन्, ‘हेल्ले, तपाईंले त मलाई फोन गर्ने कुरा थियो ।’ यो फोन कुन कामका लागि थियो भन्ने विषयमा भारतीय मिडियाले अनेक अनुमान गरेका छन् । जे होस्, दीपिका र साहरुख एकअर्काका निकै मिल्ने साथी हुन् । दीपिकाले आफ्नो करिअरको सुरुवात पनि साहरुख खानकै फिल्म ‘ओम शान्ति ओम’बाट गरेकी थिइन् ।

साहरुख चाहिँ पछिल्लो समय फिल्महरुमा काम गरिरहेका छैनन् । उनको पछिल्लो फिल्म जिरोले बक्स अफिसमा खासै राम्रो गर्न सकेको थिएन ।





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार ९:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया