सन् २०२१ का लागि डिभी खुल्यो, पासपोर्ट नम्बर अनिवार्य

काठमाडौं– सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी)का लागि अमेरिकाले आवेदन खुलाएको छ । यसपटक डिभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरिएको छ । साथै यसपटक देखि डिभी भर्दा व्यक्तिगत इमेल ठेगाना नै चाहिने भएको छ । 

आजबाट खुलेको डिभी चिठ्ठा ३३ दिनपछि अर्थात् ५ नोभेम्बरमा बन्द हुनेछ ।

यो वर्ष डिभीबाट ५५ हजारलाई अमेरिका लैजाने अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकाले यसअघि पनि बारम्बार डिभीमार्फत् विदेशी नागरिकलाई लैजाने गरेको छ ।

गत वर्ष अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा बन्द गर्ने प्रस्ताव लगेका थिए । उनको प्रस्ताव पारित हुन पाएको थिएन । 

यसपटक गत वर्षहरुमा भन्दा फरक भारत, पाकिस्तान तथा बंगलादेश र अन्य १७ देशका नागरिकले डिभी भर्न पाउने छैनन् ।





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १३:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया