सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि

काठमाडौं– मंगलबार केही गिरावट आएको सुनको मूल्य बुधबार स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ६९ हजार ८ सय कायम भएको महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला ६९ हजार २ सय मा खरिद–बिक्री भएको थियो । 

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ५ सय निर्धारण भएको छ । म‌ंगलबार तेजाबी सुन प्रतितोला ६८ हजार ९ सयमा कारोबार भएको थियो । 

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला १० ले बढेर ८ सय ३५  पुगेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १४:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया