काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट फेरि ‘दोस्रो राजीनामा’ पत्र उपसभामुख शिवमाया लाई बुझाएको खुलेको छ ।
महराले मंगलबार सर्तसहितको राजीनामा पत्र बुझाएका थिए । मंगलबार महराले बुझाएको राजीनामा पत्र उपसभामुख तुम्वाहाम्फेले अस्वीकृत गरेपछि उनले सुटुक्क अर्को राजीनामा पत्र बुझाएका हुन् ।
मंगलबार महराले बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि’ भन्ने उल्लेख गरिएको थियो । उपसभामुख तुम्वाहाम्फेले राजीनामामा सर्त अमान्य हुने अडान राखेकी थिइन् ।
संघीय संसद सचिवालयले सभामुख पदबाट महराबाट राजीनामा पत्र आएको भनेर सूचना प्रकाशन गरेसंगै संघीय संसदको बेवसाइटबाट उनको फोटो र नाम पनि हटाइएको छ । उनको परिचय रहेको पहिलेको स्थानमा खाली राखिएको छ ।
नेपालको संविधानको धारा ९१ मा सभामुखले राजीनामा दिएमा स्वतः स्वीकृत भएको मानिने व्यवस्था रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।