एसिड आक्रमणमा परी घाइते मुस्कान खातुनलाई अमिताभ बच्चनले गरे स्वास्थ्य लाभको कामना

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले एसिड आक्रमणमा परी घाइते भएकी मुस्कान खातुनको स्वास्थ्य लाभको कामना गरेका छन् । अभिनेता  बच्चनले एक भिडियो सन्देश पठाउँदै खातुनको स्वास्थ्यलाभको कामना गरेका हुन् । 

उनले उज्वल विक्रम थापा नामका व्यक्तिमार्फत खातुनलाई भिडियो सन्देश पठाएका हुन् । थापा खातुनको उपचारमा सहयोग गरिरहेका व्यक्ति हुन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई थापाले बुधबार ४ बजे अमिताभको भिडियो सन्देश सुनाएका थिए । भिडियो सन्देशमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । 
 
‘तपाईंलाई जे भयो, त्यो निकै दर्दनाक हो,’ भिडियोमा भनिएको छ, ‘यस्तो घटना थाहा पाएर दुःख लाग्यो ।’ अमिताभले मुस्कानलाई हिम्मतवाली बालिकाको रुपमा चित्रण गर्दै भनेका छन्, ‘तपाईंको नाम अति सुन्दर छ, मुस्कानको अर्थ कति राम्रो हुन्छ, तपाईंको अनुहारमा निरन्तर मुस्कान छाइरहोस् ।’

नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने अपेक्षा गर्दै अमिताभले आइन्दा कोही बालिकामाथि त्यस्तो नहोस भन्ने कामना गरेका छन् ।  

गत भदौ २० गते दुईजना युवकको एसिड आक्रमणमा परेकी खातुन कीर्तिपुर अस्पतालमा उपचाररत छिन् । ती व्यक्तिले उनलाई सुरुमा एसिड खुवाउने प्रयास गरेका थिए । खातुनले एसिड खान नमानेपछि उनीहरुले अनुहारमा छ्यापेर भागेका थिए । 





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १७:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया