नेप्से परिसूचक झण्डै पाँच अंकले ओरालो

काठमाडौं– धितोपत्र बजारमा बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अंकले घटेर एक हजार १४०.७१ मा पुगेको हाे । 

यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अंकले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । कुल १६१ कम्पनीका सात लाख ८५ हजार ७ सय ४० कित्ता सेयर २० करोड ३२ लाख ८७ हजार २ सय३७ मा खरिद–बिक्री भयो । 

बुधबार कारोबार भएका कुल ११ उपसमूहमध्ये दुई उपसमूहको सेयर मात्र बढेको छ । सामूहिक लगानी कोष ०.०५ र अन्य उपसमूहको सेयर ६.०४ अंकले बढेको छ । त्यस्तै बैंकिङ ४.५७, होटेल ४९.८८, विकास बैंक ६.३४, जलविद्युत् ७.२४, फाइनान्स ०.७९, निर्जीवन बिमा ४८.८२, उत्पादन १७.४१, माइक्रोफाइनान्स २.३९ र जीवन बिमा ५४ अंकले घटेको छ । 

कारोबार रकमका आधारमा बैंक अफ काठमाडौं शीर्ष स्थानमा रह्यो । बैंक अफ काठमाडौंको संस्थापक सेयर दुई करोड २२ लाख ८४ हजार १ सय ६० मा खरिद–बिक्री भयो । यस्तै युनाइटेड फाइनान्सको एक करोड ५८ लाख ३४ हजार ६ सय २०, सिद्धार्थ बैंकको एक करोड आठ लाख ८६ हजार ५ सय ९५ र शिवम् सिमेन्टस् लिमिटेडको सेयर एक करोड दुई लाख ४६ हजार ५९ मा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे । 

परिसूचक घटे पनि नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका सेयरधनीले ६.३८ प्रतिशतले कमाए । यस्तै आँखुखोला जलविद्युत् कम्पनी ५.६६, युनाइटेड फाइनान्स कम्पनी ३.३१, सिन्धु विकास बैंक ३.३१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । 

हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाउँदा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५.०५, सेन्ट्रल फाइनान्स कम्पनी ४.३८, एनएलजी इन्स्योरेन्स कम्पनी ४.३३ र नाङ्दी ग्रुप पावरका सेयरधनीले ३.९२ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार १८:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया