कर्णालीका विद्यालय डिजिटल बनाइने

धनगढी– कर्णाली प्रदेश सरकारले विद्यालयमा डिजिटल प्रविधि जडान गर्ने भएको छ । गत आर्थिक वर्षमा १५ करोड बजेट खर्चेर २४ विद्यालयलाई डिजिटल घोषणा गरेको प्रदेश सरकारले चालू आर्थिक वर्षमा थप २२ विद्यालयलमा डिजिटल प्रविधि जडान गर्ने भएको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक माध्यमिक विद्यालय छनोट गरी डिजिटल बनाउन लागिएको बताइएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत कर्णालीका २२ विद्यालयका लागि दुई करोड ६४ लाख विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि कार्यविधि बनाइरहेकोले दसैँलगत्तै काम सुरु गरिने मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले बताए । ‘विद्यालय डिजिटल बनाउन सके प्रदेशलाई डिजिटल बनाउन सहयोग पुग्ने निष्कर्षका साथ योजना बनाइएको हो’ उनले भने । 

चालू आर्थिक वर्षमा २४ विद्यालयलाई डिजिटल बनाउने गरी सरकारले बजेट विनियोजन गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । सरकारले विभिन्न मापदण्ड बनाएर १० वटै जिल्लामा विद्यालय छनोटको काम गरिसकेको र आवश्यक तयारी पूरा भएको भण्डारीले बताए । ‘प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउने गरी विद्यालयलाई डिजिटल बनाउन लागिएको हो’ उनले भने । 

सरकारको डिजिटल स्कुल कार्यक्रमअन्तर्गत कर्णालीका २२ माध्यमिक विद्यालयहरूलाई चालू आर्थिक वर्षमा डिजिटल बनाइने उनले बताए । ‘सबै निर्वाचन क्षेत्रका एक–एकवटा विद्यालयहरू छनोट गरी डिजिटल बनाउन लागिएको छ’ भण्डारीले भने ।





  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार १०:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया