ट्राफिक प्रहरीकाे सक्रियता : यात्रुसँग लिएकाे बढी भाडा फिर्ता गराउँदै

चितवन– दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुली गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौंबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग भाडा के–कति लिइएको हो सोधपुछ थालेको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार बुधबार एउटा माईक्रो बसका १७ जना यात्रुको बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ ।

उनका अनुसार काठमाडौंबाट यात्रु लिएर कावासोतीको लागि हिँडेको बा३ख ३८९१ नं को माइक्रो बसका यात्रुलाई दुई सय देखि चार सयसम्म बढी लिइएको भाडा प्रतिव्यक्तिका दरले फिर्ता गराइएको हो । 

गिरीका अनुसार बिहीबार यातायात कार्यालयका प्रतिनिधिको रोहवरमा भरतपुरको रामनगरमा चेकजाँच थालिएको छ । दशैँको टीकाको दिन अघिसम्म काठमाडौंबाट आउने र टीकापछि काठमाडौं फर्कने सवारी साधनमा चेकजाँच गरिने उनले बताए । 

गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै उनले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कडा कारबाही गरिने बताए । यस्तै, सवारी गतिसमेत चेकजाँच गर्न थालिएको छ । चाडपर्वको समयमा तीव्र गतिमा सवारी चलाउने गरेको र यसले दुर्घटना बढाउने भन्दै चेकजाँच थालिएको हो । बुधबार कुरिनटार क्षेत्रमा राजमार्गमा गति मापनयन्त्र (राडरगन) बाट चेकजाँज गरिएको थियो । यस कार्यलाई पनि विभिन्न सडकमा निरन्तरता दिइने गिरीले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार १६:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया