दशैँमा इन्धनअभाव हुन नदिने, असुरक्षित भण्डारण नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले दशैँमा कुनै पनि खाले इन्धनको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।

केही दिनदेखि काठमाडौं उपत्यका र देशका मुख्य सहरमा इन्धन खपत बढेको जानकारी दिँदै निगमले यसकाे कारण असुरक्षित भण्डारण भएकाे आशंका गर्दै यस्तो आग्रह गरेको हो । 

निगमले आफ्ना सबै डिपोहरुमा भण्डारण क्षमताअनुसार इन्धन भण्डारण गरेको निगमले जनाएको छ । दशैँका वेलामा पनि पाइपलाइनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना नहुने निगमको भनाइ छ । 

निगमका अनुसार काठमाडौं उपत्याकामा सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । तर, बुधबार ८ सय किलोलिटर माग आएको निगमले जनाएको छ । निगमले जुनसुकै वेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन आफ्ना डिपोहरुलाई पत्राचार गरेको छ ।





  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार १७:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया