दशैं खर्च जुटाउन सामान लुटिएको नाटक गर्ने युवा पक्राउ

काठमाडाैं– कम्पनीले तलब र दशैं पेश्की नदिएपछि दशैं खर्च जुटाउन एक युवकले पाँच लाख रुपैयाँ बराबरको साामन लुटिएको नाटक गरेका छन् । तर, उनको प्रयास असफल भएको छ । 

सर्लाही घर भई ललितपुरको हात्तीवनस्थित 'एमएडब्लू इन्टरप्राइजेज'मा चालक रहेका २६ वर्षीय संग्राम अधिकारीले बिहीबार यस्तो नाटक गरेका हुन् । उनले कञ्चटमा पेस्तोल तेर्साएर आफ्नो गाडीका सामान सुकेधारामा लुटिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 

कञ्चटमा पेस्तोल देखाएर नशालु पदार्थ सुघाँइ कम्पनीका मेसिनरी सामान लुटेको उनको भनाइ थियो । थप सोधुपुछ गर्ने क्रममा कम्पनीले तलब नदिएपछि आफूले सो नाटक गरेको उनले स्वीकारेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए । लुटिएको सामानसमेत लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।





  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार २२:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया