अमेरिकी शोधकर्ता भन्छन्– भारत–पाक युद्ध भए साढे १२ करोड मारिन सक्छन्, विश्वभर भोकमरी निम्तिन्छ

वासिंगटन– भारत–पाक तनाव उत्कर्षमा रहेका बेला एक अमेरिकी अध्ययनले सन् २०२५ सम्म यी दुई मुलुकबीच आणविक युद्ध हुन सक्ने आशंका गर्दै यदि त्यस्तो भए साढे १२ करोढ मानिसको ज्यान संकटमा पर्ने प्रक्षेपण गरेको छ । 

‘साइन्स एडभान्सेस’ जर्नलमा प्रकाशित अमेरिकाको रटगर्स विश्वविद्यालयका अध्ययनकर्ता एलन रोबकको शोधअनुसार, सन् २०२५ सम्म भारत र पाकिस्तानसँग कुल ४०० देखि ५०० परमाणु हतियार हुनेछन् । यी हतियारको प्रयोग हुँदा १२ करोड ५० लाखजनाको ज्यान जान सक्छ, र विश्वभर भोकमरी निम्तिन सक्छ । 

‘यदि परमाणु युद्ध भयो भने यो कुनै खास स्थानमा मात्र लडिने छैन । परमाणु बम विश्वभर जहाँ पनि गिराइन सक्छ,’ एलन रोबकको निष्कर्ष छ । 

विश्वका ९ देशसँग मात्र परमाणु हतियार छ । भारत र पाकिस्तान दुवै यो सूचीमा पर्छन् । पछिल्लो समय यी दुई देशमा परमाणु हतियारको मात्रा द्रुतगतिमा बढिरहेको छ । 

सात दशकअघिको विभाजनकालदेखि नै यी दुई देशबीच विभिन्न मुद्दामा, विशेषतः कस्मिरको विषयमा विवाद चल्दै आएको छ । पछिल्लो समय त यही विवादले समग्र भारत–पाक सम्बन्ध नै तनावको उत्कर्षमा छ । यस्तोमा आणविक शक्तिसम्पन्न यी दुई छिमेकीबीच युद्धको खतरालाई लिएर विश्वभर चर्चा र अड्कलबाजी हुने गरेको छ । 





  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार २२:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया