दसैंमा मासुकाे परिकारः यसरी बनाउनुहोस् तारेको फोक्सो

आवश्यक सामग्री

एउटा खसीको नफुटेको फोक्सो, अन्डा दुईवटा, बेसन एक पाउ, सुकेको खुर्सानीको धुलो एक चम्चा, बेसार एक चम्चा, तेल आधा लिटर, जिराको धुलो एक चम्चा, लसुनको लेदो एक चम्चा, अदुवाको लेदो एक चम्चा, नुन स्वादअनुसार, पानी डेढ लिटर ।

पकाउने विधि

सबैभन्दा पहिले माथि उल्लेख गरिएका बेसनसहितका सबै मसला पानीमा हाल्ने । त्यसमा अन्डा फुटाएर मिसाउने र पातलो घोल हुँदासम्म फिट्ने । त्यसपछि फोक्सोमा राम्रोसँग भर्ने । राम्रोसँग भरिएको फोक्सो कडा हुन्छ र फुल्छ । त्यसपछि आलु वा गाजरको लामो गोलो टुक्राले फोक्सोको मुख बन्द गर्ने । त्यसपछि पानीमा राखेर फोक्सो पाक्दासम्म उसिन्ने ।

फोक्सो राम्रोसँग पाकिसकेपछि झिकेर चिसो हुन दिने र स्लाइस आकारमा काट्ने । कराहीमा तेल तताएर फोक्साका टुक्राहरू राखेर सुक्खा तार्ने । रातो हुने गरी तारेपछि गोलभेडाको अचारसँग सर्भ गर्ने ।
 





  • प्रकाशित मिति : असोज १७, २०७६ शुक्रबार १०:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया