त्रिवि उपकुलपतिमा डा. कोइराला, डा. बास्कोटा र डा. पौडेल सिफारिस

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेल सिफारिस भएका छन् । 

यी तीनमध्ये डा. कोइराला उपकुलपति बन्ने सम्भावना बढी रहेको स्रोतहरुको दाबी छ । उनी सिफारिसमा परेका तीन जनामा पनि पहिलो नम्बरमा छन् । 

डा. कोइराला मुटुरोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कार्यकारी निर्देशकसमेत बनेका थिए । तर, उनले निर्देशक बनेको चार महिना पनि नपुग्दै राजीनामा दिएका थिए ।

सिफारिसमा परेका डा. बास्कोटा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष थिए । त्यस्तै, डा. पौडेल त्रिविकै पूर्वरजिष्ट्रार हुन् । उनी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा पनि नियुक्त भएका थिए । उपकुलपतिको नाम सिफारिसमा अहिले त्रिविकी निमित्त उपकुलपति प्राडा सुधा त्रिपाठी चाहिँ परेकी छैनन् । 





  • प्रकाशित मिति : असोज १७, २०७६ शुक्रबार १०:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया