धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढ्यो - कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढेको बताएका छन् । थापाले भने, "समाजमा भगवानको अस्तित्व स्विकार नगर्ने बढदो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुंदै गएका कारण व्यभिचार, बलात्कार ,भ्रष्टाचार र अत्याचार बढदै गएको हो। त्यसर्थ,सनातन धर्म र संस्कृतिको रक्षा गरौं"।

पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धर्म संस्कृतीले मानिसलाई मर्यादा , आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठुलो भुमिका खेल्ने बिचार ब्यक्त गरे । भगवान सङ्ग डर नहुदा अन्याय ,अत्याचार र बढेको भन्दै थापाले चाढ पर्बहरुलाई मितब्ययी ढंगले आपसि सद्भाव, प्रेम र आत्मियता अभिबृद्धी हुने गरि मनाउनु पर्नेमा जोड दिए । धर्म, सस्कृती र पहिचान जोगाउन आबश्यक भएको कुरा जनतामा बुझाउने काममा दशै बिदालाई सदुपयोग गर्न समेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे ।

गत निर्बाचनमा पार्टीको पराजयलाई "इख"को रुपमा लियर काम गर्नुपर्नेमा  जोड दिदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रमहरु चिर्नेगरी मेहनत गर्न समेत कार्यकर्ताहरुलाई भने । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,प्रदेश-३ अध्यक्ष बिक्रम बहादुर थापा, प्रबक्ता भुवन पाठक , वरिष्ठ अधिबक्ता राजु बस्नेत , सिर्जना रानी बर्मा, प्रकाश रिमाल, नानू नगरकोटी, राधाकृष्ण श्रेष्ठ ,नबराज सिम्खडा लगायतले बोलेका थिए ।





  • प्रकाशित मिति : असोज १८, २०७६ शनिबार ९:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया