दशैंमा घुम्न जाँदा तमाेरमा चिप्लिएर एक युवती बेपत्ता

धनकुटा- साथीहरुसँग शनिबार दिउँसो धनकुटा नगरपालिका ९ मुलघाट घुम्न गएकी एक युवती तमोर नदीमा खसेर बेपत्ता भएकी छिन् । दसैंमा साथीहरु भेला भएर नदी किनारमा घुम्न जाँदा धनकुटा नगरपालिका ७ की २४ वर्षीया सृजना कट्वाल चिप्लेर लडेको प्रहरीले जनाएको छ ।

नदी किनारमा मोवाइलबाट सेल्फी खिच्ने क्रममा उनी चिप्लीएकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् । धनकुटाका प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले नदीमा चिप्लेर खसे लगत्तैदेखि निरन्तर खोजी जारी राखिएको बताए । ‘सबैको सामुहिक प्रयासमा खोजी जारी राखेका छौं,’ उनले भने् ।





  • प्रकाशित मिति : असोज १९, २०७६ आइतबार १२:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया