सरकारले महरालाई संरक्षण दियाे: देउवा

काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कारवाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कारवाही गर्नुको साटो सरकार आफैले संरक्षण गरेको दावी गर्दै आक्रोस व्यक्त गरे । ‘महराजस्तो मान्छेलाई सबै जिम्मेवारीबाट नहटाएकोमा’ उनको आपत्ती छ । 

दसैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक शुभकामना अदानप्रदान कार्यक्रममा उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कार्वाही नगरिएको ? भनि सरकारलाई प्रश्न गरेका थिए । ‘त्यस्तो बदमासी गर्ने अनि उल्टै सो घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,’ उनले भने, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन ।’

सभापति देउवाले सर्वसाधारणले दसैंसमेत मनाउन नसक्ने गरी महंगी बढदा पनि सरकारले नियन्त्रण गर्न नसकेको बताए । कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले जनताको अपेक्षा अनुसार कुनै काम गर्न नसकेको दावी गरे । उनले महंगीले ‘अन्तरिक्ष’ छुन लाग्दा पनि दुई तिहाईको घमण्डमा रमाइरहेको वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम चाल्न नसकेको बताए ।

नेता सिंहले जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको बताए । 





  • प्रकाशित मिति : असोज १९, २०७६ आइतबार १३:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया