काठमाडौं– जिल्ला अदालत काठमाडौंले यौन हिंसाको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरलाई पक्राउ गर्न अनुमति दिएको छ ।
संसद सचिवालयमा नै काम गर्ने कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको उजुरी उनीमाथि परेको थियो । रोशनीले शुक्रबारमात्र जाहेरी दिएकी थिइन् । जाहेरी परेलगत्तै प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गर्न अनुमति दिएको हो ।
अदालतले अनुमति दिएपछि बलात्कार प्रयासको आरोपमा महरालाई प्रहरी पक्राउ गर्ने बाटो खुलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।