सी स्वागतार्थ बनाइएका पोलमा लेखियो माउन्ट सगरमाथा !

काठमाडौं– चीनका राष्ट्रपति सी जिनपिङको दुई दिने भ्रमणलाई लक्षित गर्दै काठमाडौंका सडक सजाइएका छन् । काठमाडौंको वातावरणलाई राम्रो देखाउन विभिन्न ठाउँमा फ्लेक्स प्रिन्ट गरेर फोहोर ठाउँहरु छोपिएका पनि छन् । सी शनिबार नेपाल भ्रमणमा आउँदैछन् । उनी आइतबारसम्म नेपालमा रहनेछन् । सी राष्ट्रपति विद्यादेवी भण्डारीकाे निमन्त्रणामा नेपाल भ्रमणमा आउनका लागेका हुन् । यसअघि चीनबाट नेपालमा राष्ट्रपति २६ वर्षअघि मात्र आएका थिए ।

त्यस्तै, सीको स्वागतका लागि विभिन्न ठाउँमा द्वारहरु बनाइएका छन् । ती ढोकाहरुमा नेपाल र चीनको सम्बन्ध दीर्घकालीन होस् भन्नका लागि विभिन्न वाक्यहरु लेखिएका छन् । 

त्यस्तै एउटा वाक्य लेखिएको छ– सर्वोच्च शिखर सगरमाथाजस्तै उचा नेपाल–चीन मित्रता । यसको अंग्रेजी उल्था पनि सो द्वारमा लेखिएको छ । यसअघिजस्तो अंग्रेजीमा यसपटक सगरमाथाको नाम एभरेस्ट लेखिएको छैन । लेखिएको छ– माउन्ट सगरमाथा ।

त्यस्तै, अर्को द्वारमा लेखिएको छ, ल्यान्ड अफ बुद्ध एन्ड सगरमाथा । 

यसअघि यस्ता द्वारमा अंग्रेजीमा लेखिने गरिन्थ्यो– माउन्ट एभरेस्ट । यसअघि एक कार्यक्रममा १९ अगस्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले माउन्ट एभरेस्ट होइन माउन्ट सगरमाथा भनेका थिए । उनले भनेका थिए– हामी एभरेस्टको कुरा होइन, सगरमाथाको कुरा गर्न चाहन्छौँ । त्यही कार्यक्रममा उनले गैंडालाई राइनो नभनी गैंडाज भन्न पनि अनुरोध गरेका थिए । 





  • प्रकाशित मिति : असोज २३, २०७६ बिहीबार ११:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया