साहित्यमा २०१८ र २०१९ काे नाेबेल पुरस्कार पिटर ह्यान्डके र ओल्गा टोकारजुकलाई

एजेन्सी– सन् २०१९ का लागि विभिन्न विधाको नोबेल पुरस्कार घोषणा गरिएको छ । यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाका  नाट्यकार पिटर ह्यान्डकेले पाएका छन् । अघिल्लो वर्ष रद्द भएको सहित्यतर्फको नोबेल पुरस्कार भने पोल्यान्डकी उपन्यासकार ओल्गा टोकारजुकलाई प्रदान गरिएको छ । टोकारजुक सन् २०१८ को ‘म्यान बुकर इन्टरनेसन प्राइज’ प्राप्त व्यक्ति हुन् । 

त्यस्तै, भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जेम्स पिब्लेस, माइकल मेयर र डिडेर क्वयलोजले संयुक्त रूपमा पाएका छन् । पिब्लेसलाई ब्रह्माण्डको क्रमिक विकाससम्बन्धी खोजका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो भने मेयर र क्वयलोजलाई तारावरिपरि सूर्यजस्तै देखिने ग्रह पत्ता लगाएबापत दिइएको हो । उनीहरूको खोजले संसारलाई हेर्ने हाम्रो दृष्टिमा नै परिवर्तन गरेको नोबेल समितिको दाबी छ । 

चिकित्साशास्त्रतर्फको नोबेल विलियम जी केलिन, सर पिटर जे ¥याटक्लिफ र ग्रिग एल सोमेन्जाले जितेका छन् । अक्सिजनसँग जिनले गर्ने प्रतिक्रियालाई नियन्त्रित गर्ने तरिकाको खोजका लागि उनीहरूलाई पुरस्कृत गरिएको हो । यसबाट रक्तअल्पता, क्यान्सरलगायत रोगको नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

रसायनशास्त्रतर्फको पुरस्कार एम स्ट्यान्ले विटिङहम, अकिरा योसिन्हो र जोन बी गुडइनफले संयुक्त रूपमा प्राप्त गरेका छन् । उनीहरूलाई पोर्टेबल उपकरणमा प्रयोग हुने चार्ज गर्न मिल्ने लिथियम आयोन ब्याट्रीको खोज र विकासबाट पु-याएको योगदानका लागि पुरस्कृत गरिएको हो । लिथियम ब्याट्रीले मोबाइल विश्वतर्फको यात्रा सुनिश्चित गरेको नोबेल समितिले दाबी गरेको छ । नोबेल शान्ति पुरस्कार आज (शुक्रबार) घोषणा हुनेछ भने अर्थशास्त्रतर्फको आगामी सोमबार घोषणा गरिँदै छ ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार ८:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया