एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खान अहिले चीनको भ्रमणमा छन् । उनी त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । यस्तै एक कार्यक्रममा सहभागी हुने क्रममा उनले भनेका छन्– म पनि जिनपिङजस्तै हुन पाए हुने थियो ।
यो प्रसंग उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको विषयलाई प्रशंसा गर्दै बताएका हुन् । उनले भने, ‘चीनमा ४ सय भ्रष्टचारीहरुलाई सजाय सुनाइएको छ ।’ त्यसपछि उनले पाकिस्तानको प्रसंग जोडे । उनले भ्रष्टाचारकै कारण आफ्नो देशमा विदेशी लगानी नआएको पनि बताए । उनले आफूले पनि ५ सय भ्रष्टाचारीलाई जेलमा हाल्न पाए राम्रो हुने कामना समेत त्यो कार्यक्रममा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।