छपाकको सुटिङपछि सेटमै यस्तो गरिन् दीपिकाले

एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोणको आगामि फिल्म छपाक एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित छ । दीपिकाले यो फिल्ममा निकै मिहनेत गरेर काम गरेकी छिन् । तर, अहिले चर्चामा के छ भने दीपिकाले जुन मास्क लगाएकी थिइन्, त्यसलाई सेटमा नै जलाइदिइन् । उनले सुटिङका लागि प्रयोग गरेको प्रोस्थेटिक मेकअपलाई जलाइदिएकी हुन् । 

दीपिकाले एउटा मिडियालाई दिएको अन्तर्वार्तामा भनेकी छिन् कि सुटिङको सम्झना हुने केही पनि कुरा राख्न नचाहेकाले यसलाई जलाइदिएकी हुन् । यो फिल्मको सुटिङ जुनमा नै सकिएको थियो । ‘त्यसमा मैले अल्कोहल हालेर जलाइदिएकी हुँ,’ उनले भनेकी छिन् ।

सन् २०१८ मा रणबीर सिंहसँग विवाह गरेपछि दीपिकाले यो फिल्ममा काम गरेकी हुन् । अब उनी विस्तारै फिल्ममा आफ्नो काम बढाउँदै छिन् । उनी सन् १९८३ को विश्वकप क्रिकेटको जितमाथि बनिरहेको फिल्म ८३ मा पनि काम गर्दैछिन् ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार ९:५८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया