एजेन्सी– पछिल्लो समय रानु मन्डलसँग गीत गाएपछि भारतीय गायक हिमेश रेशमिया फेरि चर्चामा आएका छन् । अब उनको चर्चा रोकिने छाँटकाँट देखिँदैन । अहिले उनले आफ्नो इन्स्टाग्राममा फोटोहरु सेयर गरेका छन् । जसका कारण भारतीय मिडियामा उनले राम्रो स्थान पाएका छन् । किनकि ती फोटोमा उनले आफ्नो सिग्नेचर टोपी लगाएका छन् ।
हिमेशले यस्तो टोपी फेरि लगाएको आठ वर्षपछि हो । उनले यो गीत तेरी मेरी कहानीको रिमिक्सका लागि लगाएका हुन् । हिमेशले एएटा पोस्टमा लेखेका छन् कि उनको गीत आशिकी मेँ तेरी २.० को रिमिक्स पनि बाहिर ल्याउँदैछन् । यो फिल्म ह्याप्पी हार्डी एन्ड हीरका लागि गाइएको हो ।
त्यति मात्र होइन, उनले अब १२ सहरमा एउटा विशेष टुर पनि गर्ने कुरा भारतीय मिडियामा लेखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।