१६ फिल्ममा काम गरेपछि मात्र हिट बन्यो अमिताभको फिल्म

एजेन्सी– भारतका महानायक समेत भनिन् अभिनेता अमिताभ बच्चनको चर्चा आज निकै भइरहेको छ । किनकि आज उनको ७७ औं जन्मदिन हो । तर, अहिले सफलताको शिखरमा पुगेका अमिताभ कुनै समय निकै असफल थिए । 

कतिसम्म भने उनको पहिलो हिट फिल्म १६ वटा फिल्मम निस्किएपछि मात्र आएको थियो । अर्थात्, उनको १७ औं फिल्मले मात्र राम्रो व्यापार गर्न सकेको थियो । यो सफलता दिने फिल्म थियो– जन्जीर । 

केही समयअघि मात्र अमिताभ बच्चनको जीवनी अमिताभ बच्चन अ केलेडेस्कोप पुस्तक सार्वजनिक भएको छ । यसका लेखक हुन्, प्रदीप चन्द्रा । उनले भनेका छन्, ‘उनले आफ्नो स्थान त बनाएका थिए तर जन्जीरमा काम गर्दा उनले १६ फिल्ममा काम गरिसकेका थिए । त्यसपछि यो फिल्म निकै चल्यो ।’ यो फिल्म रोमान्टिक नभएको भन्दै अर्का अभिनेता देवानन्दले चाहिँ यसलाई रिजेक्ट गरिदिएका थिए । 

त्यसो त सिनेमामा सफल भएका अभिनेता अमिताभ बच्चन चाहिँ आफ्ना सम्बन्धहरुमा सफल हुन सकेका थिएनन् । उनले लामो समयसम्म साथीहरुसँग उस्तै प्रकारको सम्बन्ध राख्न सकेनन् । कुनै समय राजीव गान्धीसँग निकै राम्रो साथी रहेका अमिताभको पछि उनीसँग सम्बन्ध बिग्रिएको थियो । अमिताभ र उनका भाइ अभिजातको पनि सम्बन्ध लामो समय उस्तै राम्रो रहन सकेन । 





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १४:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया