इथियाेपियाका प्रधानमन्त्रीलाई नाेबेल शान्ति पुरस्कार

एजेन्सी– इथियाेपियाका प्रधानमन्त्री अबी अहमेदलाई सन् २००९ काे नाेबेल शान्ति पुरस्का दिने भइएकाे छ । उनले त्यहाँकाे विद्राेही समूह इरिट्रेरासँग शान्ति सम्झाैता गरेका थिए । 

अबीलाई यो पुरस्कार शान्ति स्थापना तथा अन्तर्राष्ट्रिय समन्वयका लागि गरेको उनको प्रयासका लागि दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ । 

इथियोपियामा गत वर्षमात्र शान्ति सम्झौता भएको थियो । २० वर्षे लामो सशस्त्र द्वन्द्वबाट देशलाई शान्ति स्थापनामा अबीको भूमिका विशेष रह्यो । 

उनी नोबेल शान्ति पुरस्कार पाउने १०० औं व्यक्ति हुन् । 

नौ मिलियट स्विडिस क्राउन्स बराबरको पुरस्कार उनले डिसेम्बरमा बुझ्नेछन् । 

यसपटक नोबेल पुरस्कार लागि ३०१ जनाको नाम मनोनित भएको थियो । यीमध्ये ७८ वटा संस्थाहरुको नाम पुरस्कारका लागि मनोनित भएका थिए । जलवायु परिवर्तनसँग सम्बन्धित अभियन्ता ग्रेटा थुनबर्गले पनि यसपटक यो पुरस्कार पाउन सक्ने व्यापक अनुमान भएको थियो । तर, नोबेल फाउन्डेसनले ५० वर्षसम्म आफूले सर्टलिस्ट गरेका नामहरु सार्वजनिक गर्दैन ।



इथियोपियाका अबी चाहिँ सन् २०१८ को अप्रिलमा इथियोपियामा प्रधानमन्त्री बनेका हुन् । उनले प्रधानमन्त्री बनेलगत्तै विपक्षी कयौँ नेताहरुलाई जेलबाट छुटाएका थिए  ।



  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १४:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया