फिल्म कबिर सिंहको धज्जी उडाइन् करिनाले

एजेन्सी– बलिउड फिल्म कबिर सिंह रिलिज भएको केही महिना भइसकेको छ । तर, यसको चर्चा अझै सेलाएको छैन । भारतमा पनि पछिल्ला दिनहरुमा समेत यो फिल्मको विषयमा बहस भइरहेका छन् । अनि अधिकांशले यो फिल्मले महिलालाई कमजोर बनाएको अभिव्यक्ति दिइरहेका छन् । 

शाहिद कपुर अभिनित यो फिल्मबारे अब उनकी पूर्वप्रेमिका करिना कपुरले पनि अभिव्यक्ति दिएकी छिन् । अभिव्यक्ति मात्र होइन, उनले त यो फिल्मको धज्जी उडाएकी छिन् । ‘मैले अहिलेसम्म यो फिल्म हेरेकी छैन,’ एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘तर, के हो भने प्रितीको जस्तो भूमिकामा म कहिल्यै देखिने छैन । न त म अरु कुनै अभिनेत्रीलाई त्यस्तो भूमिकामा काम गर्न सिफारिस गर्नेछु ।’ उनले आफूलाई यस्तो फिल्मको प्रस्ताव आयो भने सिधै अस्वीकार गरिदिने पनि बताएकी छिन् । 

यो फिल्मले बक्स अफिसमा चाहिँ राम्रो कमाएको थियो । करिनाले यस विषयमा पनि भनेकी छिन्, ‘मलाई ती मानिसहरु प्रति दया लाग्छ जसले यस्तो फिल्म हेरेर पनि त्यसको तारिफ गरिरहेका छन् ।’





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार ८:२६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया