भारतमा सी जिनपिङको सुरक्षाः ३० हजार थ्रिडी तस्वीर, ड्रोन र १० हजार प्रहरी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दिउँसो भारतबाट नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदैछन् । उनी हिजोमात्र भारत पुगेका थिए । त्यहाँ उनले आज भारतीय प्रधानमन्त्रीसँग विशेष भेटवार्ता गरेका छन् । 

चीनका राष्ट्रपति सीको सुरक्षाका लागि भारत सरकारले निकै मिहनेत गरेको थियो । सी पुगेको ममाल्लापुरममा सुरक्षाका विशेष तरिका अपनाइएका थिए । सी बसेको होटलदेखि त्यहाँको चेन्नई विमानस्थलमा प्रत्येक कुनाकुनाका थ्रिडी तस्वीर लिइएको थियो । त्यति मात्र होइन, सी त्यहाँ रहुन्जेल प्रत्येक ठाउँको थ्रिडी भिडियोबाट निगरानी गरिएको थियो । कतिसम्म भने त्यहाँका कुनाकुना र प्रत्येक ढुंगाहरुबारे पनि भारतीय सुरक्षाकर्मीले जानकारी राखेका थिए, लिखित रुपमा । 

यसका लागि अन्न विश्वविद्यालयले बनाएको ४ ड्रोनको सहयोगमा ५० किलोमिटर सडकको निगरानी मिनेटमिनेटमा गरिएको थियो ।

भारतीय मिडिया नवभारत टाइम्सलाई एक वरिष्ठ सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार ड्रोनको प्रयोग गरेर ३ सेमी नजिकबाट सडकलाई हेरिएको थियो । यसको अर्थ ती बाटोमा हिँड्ने प्रत्येक गाडी भित्र के छ भन्ने पनि फोटो सुरक्षाकर्मीलाई उपलब्ध हुन्थ्यो ।

चिनियाँ राष्ट्रपति भारत भ्रमणमा आउने भएपछि १० दिनदेखि सय मिटरको उचाइबाट तस्वीर लिन थालिएको थियो । यसरी १४ मेगापिक्सेल क्यामेराले ३० हजारभन्दा धेरै थ्रिडी फोटो लिइएको थियो । पछि यी फोटोहरुलाई जोडेर त्यहाँको सुरक्षाकर्मीले सुरक्षाको तयारी गरेको थियो ।

त्यस्तै, भारतले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि १० हजारभन्दा धेरै सुरक्षाकर्मी उक्त स्थानमा खटाएको थियो । 





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार १०:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया