सी काठमाडौंमा

काठमाडौं– दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । उनी शनिबार दिउँसो चेन्नईबाट एयर चाइनाको विशेष विमानबाट काठमाडौंमा आइपुगेका हुन् । 

सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत केही मन्त्रीहरु विमानस्थल पुगेका छन् ।

चिनियाँ राष्ट्रपति विमानस्थलबाट सोझै होटल सोल्टीमा पुग्दैछन् । त्यहाँ केही बेर आराम गरे पछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नेछन् । त्यसपछि उनी राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन् । राष्ट्रपति सीका लागि आयोजित रात्रिभोज सोल्टी होटलमा नै आयोजना गरिएको छ ।





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार १६:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया