काठमाडौं– दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट सोल्टी होटल पुगेका छन् ।
विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । उनलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु पुगेका थिए ।
विमानस्थलमा नै सीलाई नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।
अब सोल्टी होटलमा केही बेर आराम गरेपछि सी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नेछन् । त्यसपछि उनी राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सोल्टी होटलमा नै सरिक हुनेछन् ।
सी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिमण्डलबीच भोलि आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।