कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणीकाे आरोपमा ३१ वर्षीय छोरा पक्राउ परेका हुन् ।
घरमा कोही नभएको समयमा आमामाथि हातपात गरी करणीको प्रयास गरेको उजुरी परेपछि प्रहरीले ती युवालाई पक्राउ गरेकाे हाे ।
भारतमा काम गर्दै आएका ती युवा दशैँमा घर आएका थिए । प्रहरीले याे घटनामाथि अनुसन्धान सुरु गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।