धोनी र गेललाई उछिने पारस खड्काले

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले टी २० खेलाडीहरुको नयाँ वरियता जारी गरेको छ । यो वरियता अनुसार नेपालका कप्तान तथा ब्याट्सम्यान पारस खड्का भारतका महेन्द्र सिंह धोनी र वेस्ट इन्डिजका क्रिस गेलभन्दा अगाडि परेका छन् । 

आइसिसीले जारी गरेको वरियताअनुसार यसपटक पारस खड्का २४ औं स्थानमा उक्लिएका छन् । पहिलो स्थानमा पाकिस्तानका बाबर अजाम छन् । त्यस्तै, दोस्रोमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र तेस्रोमा न्युजिल्यान्डका कोलिन मुन्रो परेको छन् ।

महेन्द्र सिंह धोनी चाहिँ ४५ औं स्थानमा परेका छन् ।

नेपालबाट अन्य खेलाडी पनि आइसिसीको वरियतामा परेका छन् । नेपालका सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, वसन्त रेग्मी, अविनास बोहोरा १०० औं स्थानभन्दा अगाडि छन् ।  





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार २२:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया