फर्किए सी

काठमाडौं– नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्किएका छन् । 

उनी शनिबार दिउँसो एयर चाइनाको विशेष विमानमा नेपाल आएका थिए । भारतबाट नेपाल आएका सीलाई विमानस्थालमा स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्षलगायतका नेता पुगेका थिए । 

शनिबार अपराह्न पनि उनी फर्किँदा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदाइ गर्न विमानस्थल पुगेका थिए । सीले राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्षबाहेक नेपालमा हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा सचिवालयका नेताहरुसँग भेटघाट गरेका थिए ।

शनिबार नेपाल आएका सीले शनिबार रात्रिभोजमा सरिक हुँदै सीमापार रेलवेको अध्ययन गर्ने पनि बताएका थिए । 

शनिबार सीलाई विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उनको बिदाइमा पनि गार्ड अफ अनर प्रदान गरियो ।  





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १५:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया