घरमा नै खाना खाँदा बचिन्छ थाइराइडबाट

एजेन्सी– कहिलेकांही रहरले त कहिले अलग स्वादका लागि पनि मानिसहरु घरभन्दा बाहिर खाना खान रुचाउँछन् । कहिले त घरबाहिर खाना खानु बाध्यता पनि हुनसक्छ । तर, स्वास्थ्यका हिसाबले घरबाहिर खाना खानु अत्यन्त नराम्रो हो ।

अमेरिकामा भएको एक अध्ययनका अनुसार बाहिर खाना खानु भनेको गम्भीर बिमारीको शिकार हुनु हो । अध्ययनका अनुसार घरमा खाना बनाउँदा मानिसले आफूलाई विभिन्न रोगहरुबाट पनि बचाउन सक्छ । खाना पकाउँदा आउने धुँवा र अन्य रसायनका कारण यस्तो हुने त्यो अध्ययनले जनाएको हो । यसले रोग प्रतिरोधक क्षमता पनि बढाउने अध्ययनले जनाएको छ ।

साइलेन्ट प्रिरंग इन्स्टिच्युटका वैज्ञानिकहरुले गरेको अध्ययनका अनुसार घरमा खाना खाने मानिसहरुको शरीरमा पिएफएएस नामको खतरनाक रसायन कम हुने पाइएको छ । यतिमात्र होइन, घरको खानाले क्यान्सर तथा थाइराइडबाट पनि बच्न सकिने त्यो अध्ययनले निष्कर्ष निकालेको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १६:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया