Wed, 13 Nov, 2019


कांग्रेसकाे चियापानमा ओलीले भने– कांग्रेसका मित्रहरुलाई जय नेपाल
फरकधार / असोज २६, २०७६
फाइल तस्वीर

काठमाडाैं– कांग्रेसले आइतबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले साढे चार दशकको लोकतन्त्रको सहयात्रामा आफूहरूबीच गहिरो समझदारी भएको बताएका छन् ।



'हामीबीच गहिरो समझदारी छ,' कार्यक्रममा सम्बाेधन गर्दै ओलीले भने, 'लोकतन्त्रका लागि सँगैै लड्ने र लोकतान्त्रिक मूल्यमान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता छ ।' सम्बन्ध बिग्रियो भने पनि यस्ता खालमा चाडपर्वले सम्बन्ध सुदृढ बनाउने उनले बताए।

'परम्पराभित्र रहेका नराम्रा कुरालाई परित्याग गरी राम्रा कुरालाई निरन्तरता दिनुपर्छ,' ओलीले सम्बाेधनकाे अन्त्यमा भने, 'नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल ।'


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्