लन्डन– बेलायत सरकारको स्वामित्व रहेको कम्पनी द रोयल मिन्टले विश्वकै पहिलो एउटा यस्तो एटिएम कार्ड सार्वजनिक गरेको छ जुन सुनबाट बनेको हो । कम्पनीले यसमा १८ क्यारेट सुनको प्रयोग भएको जनाएको छ । यो एउटा कार्डको मूल्य नै १८७५० युरो पर्ने कम्पनीले जनाएको छ । रेरिस नाम दिइएको यो एटिएम कार्डको नेपाली मूल्य २० लाखभन्दा धेरै रुपैयाँ पर्न आउँछ ।
यो डेबिट कार्डमा ग्राहकको नाम लेखिने र त्यसमा ग्राहको सिग्नेचर हुने पनि व्यवस्था गरिएको छ ।
तर, यो कार्ड प्रयोग गर्दा कुनै पनि कारोबारमा अतिरिक्त शुल्क भने तिर्नु पर्ने हुँदैन । कतिसम्म भने यो कार्ड प्रयोग गर्दा विदेशी मुद्रा सटहीमा पनि कुनै शुल्क लाग्दैन । त्यसैले यसलाई कम्पनीले लग्जरी पेमेन्ट कार्डको सूचीमा रोखेको छ । यो कार्ड सिमित ग्राहकलाई मात्र दिने कम्पनीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।