logo-img

आईपीयूको १४१ औं बैठकमा सहभागी हुन अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान

काठमाडौं।अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वमा संघीय संसदको प्रतिनिधिमण्डल सर्बियाको बेलग्रेडतर्फ प्रस्थान गरेको छ । 

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्य शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ भने उहाँ आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी छन् ।
त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी छन् ।

उक्त सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले General Debate on "Strengthening International Law: Parliamentary Roles and Mechanisms and the Contribution of Regional Cooperation" मा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी Standing Committee on Democracy and Human Rights को बैठकमा "Achieving Universal Health Coverage by 2030 : The role of Parliaments in ensuring the Right to Health" विषयमा प्रतिनिधिमण्डलको सहभागीता रहनेछ। उक्त कार्यक्रममा Standing Committee on Peace and International Security, Sustainable Development, Finance and Trade and United Nations affairs सम्बन्धी समितिहरुको प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको छ। 

नेपाल लगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य रह्को आईपीयूको १४१ ‍औं सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ।

 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया