भारतमा स्कुलको परीक्षामा सोधियो– महात्मा गान्धीले कसरी आत्महत्या गरेका थिए ?

एजेन्सी– हामी सबैलाई थाहा छ, भारतीय नेता महात्मा गान्धीले आत्महत्या गरेका होइनन् । उनको त हत्या भएको थियो, त्यो हत्या गरेको आरोपमा नाथुराम गोड्सेलाई सजायँ पनि सुनाइएको थियो  ।

तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र गुजरातको एउटा  स्कुलमा चाहिँ प्रश्न सोधियो– गान्धीजीले कसरी आत्महत्या गरेका थिए ? यो समाचार बाहिरिएपछि अहिले भारतमा हंगामा भएको छ । 

यो विषयमा त्यहाँका अधिकारीले छानबिन सुरु गरेको बताएका छन् । यो प्रश्न त्यहाँको नौ कक्षाको परीक्षामा सोधिएको थियो ।
 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार २१:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया