एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा श्रेष्ठको उम्मेदवारी

काठमाडाैं– गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ ‘गोविन्द’ले उम्मेदवारी दिएका छन् । जापानमा सफल नेपाली व्यवसायीको छवि बनाएका श्रेष्ठले एनआरएनएको क्षेत्रीय उपसंयोजक पदमा रहेर सफलता पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरिसकेका छन् । संयोजक पदमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आफू ‘लिन नभइ दिन’ आएको बताए। उनले एनआरएनलाई एउटा नयाँ उचाई दिन अघि बढेको पनि जिकिर गरे।

आफ्नो उम्मेदवारीबारे प्रस्ट्याउँदै श्रेष्ठ भन्छन्, ‘स्वदेशमा रोजगारी सिर्जनासँगै लगानी भित्र्याएर मुलुक समृद्ध बनाउने यो बृहत यात्रामा सहयात्री बन्न मैले उम्मेदवारी दिएको हुँ ।’

अग्रज तथा शुभचिन्तकहरुको चाहना तथा अपेक्षा अनुरुप आफूलाई संस्थागत रुपमा अझै सक्रिय बनाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।  





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १२:४२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया