जहाज डिले भएको भन्दै राजपा सांसद साहले गरे बुद्ध एयरको काउन्टर तोडफोड

जनकपुर– जहाज डिले भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक सांसदले जनकपुर विमानस्थलको कार्यालय तोडफोड गरेका छन् । राजपाका संघीय सांसद प्रमोद कुमार साहले बुद्ध एयरको काउन्टर तोडफोड गरेका हुन् । 

बिहान ११ः४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरबाही गरेको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह तोडफोडमा उत्रिएका हुन् ।

‘जहाजमार्फत मिर्गौलाको बिरामीलाई समयमै काठमाडौं पुर्याउनुपर्ने तर व्यवस्थापन पक्षले जहाज आउने–नआउने सूचना नदिएको सांसद साहको आरोप छ । आफूले काउन्टरमा बुझ्न जाँदा अटेरी गरेपछि बाध्य भएर काउन्टरमा सामान्य तोडफोड गरेको उनले स्वीकार गरेका छन् । 

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही बेर तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोही फ्लाइटमा काठमाडौं जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारी र व्यवस्थापक प्रमुखले विमान चढ्नबाट रोकेका थिए । त्यस क्रममा सांसद साह र प्रमुखबीच हात हालाहाल समेत भएको थियो । 





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १७:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया