दुई महिना १२ दिनपछि कास्मिरमा फोन खुल्यो, इन्टरनेट खुलेन

कस्मिर– भारतप्रशासित  कस्मिरमा दुई महिना १२ दिनपछि साेमबारबाट टेलिफाेन खुलेको छ । 

संविधानको धारा ३७० खारेज गरिएपछि त्यहाँ फोन बन्द रहँदै आएकोमा साेमबारबाट पोस्टपेड फोन खुला गरिएकाे हाे । 

भारत सरकारले  गत अगस्ट ५ का दिन धारा ३७० खारेज गरी कस्मिरकाे विशेषाधिकार कटाैती गरेकाे थियाे । 

पोस्टपेड फोन खुला गरिए पनि इन्टरनेट सेवा भने अझै खुलाइएकाे छैन ।





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १७:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया