आलियालाई भाउजू बनाउन पाउँदा सबैभन्दा खुसी म हुन्छुः करिना

एजेन्सी– बलिउडमा अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम सम्बन्ध रहेको कुरा निकै पुरानो भइसक्यो । यहाँसम्म कि उनीहरु अब विवाह गर्दैछन् भन्ने पनि चर्चा चल्न थालिसक्यो र विवाहका मितिहरु पनि अड्कल गर्न थालियो । 

यही विषयमा आइतबार निर्माता करण जौहरले एक कार्यक्रममा आलियालाई प्रश्न गरे । त्यो कार्यक्रममा आलियासँगै करिना पनि थिइन् । करणले सोधेको प्रश्न थियो, ‘के तिमीलाई यस्तो कल्पना कहिल्यै आएको छ कि तिमी एक दिन करिनाको भाउजू बन्नेछौ ?’

यो प्रश्नको जवाफमा आलिया जवाफ दिन नपाउँदै करिनाले जवाफ दिइन् । उनले भनिन्, ‘त्यो दिन पूरै विश्वमा सबैभन्दा खुसी चाहिँ म हुनुपर्छ ।’ अनि बल्ल आलियाले शर्माउँदै भनिन्, ‘इमान्दारीसाथ भन्ने हो भने मैले यसबारे अहिलेसम्म सोचेकी छैन । अब पनि सोच्न चाहन्नँ ।’ 





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार ९:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया