शंकर पाेखरेल चीन प्रस्थान

बुटवल– प्रदेश ५ का  मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान गरेका छन् । बेल्ट एन्ड रोड सिचुआन इन्टरनेसनल फ्रेन्डसिप एन्ड सिटिज कोअपरेसन एन्ड डेभलपमेन्ट फोरममा सहभागी हुन मुख्यमन्त्री पोखरेल सोमबार चीनको छेन्दु प्रस्थान गरेका हुन् । 

टोलीमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रमुख सचिव तोयनारायण ज्ञवाली, योजना आयोग सदस्य विष्णु गौतम, स्वकयि सचिव सरोज रेग्मी सहभागी छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार मुख्यमन्त्री पोखरेल चीनमा रहँदा सांस्कृतिक र पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । मुख्यमन्त्री पोखरेल १ कात्तिकमा फर्कने कार्यक्रम छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १२:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया