राष्ट्रिय टिमको कप्तानबाट पारस खड्काको राजीनामा
फाइल तस्वीर

काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । उनले ट्विटरमा यसको जानकारी दिएका छन् । 

आइसिसीले नेपालको क्रिकेट एसोसियन (क्यान)माथि लगाएको प्रतिबन्ध सोमबारमात्र फुकुवा गरेको थियो । क्यानमाथिको निलम्बन फुकुवा भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको भन्दै पारस खड्काले ट्विटरमा लेखेका छन् । 

उनले अब बन्ने नयाँ कमिटीले नेपाली क्रिकेट, खेलाडी र यसका सरोकार पक्षलाई राम्रो गरोस् भन्ने कामना पनि गरेका छन् । अनि अन्त्यमा लेखेको छन्, ‘र, मैले नेपाल क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने घोषणा गरेको छु । जय नेपाल ।’

पारसले सन् २००९ बाट नेपाली क्रिकेट टिमकाे कप्तानी सम्हालेका थिए । उनले नेपाली टिममा सन् २००४ बाट खेल्न थालेका हुन् ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १२:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया