एकजना चिकित्सकको भरमा डडेल्धुरा अस्पताल

डडेल्धुरा– अहिले डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलिरहेको छ । संघीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल घोषणा गरे पनि पछिल्लो समयमा यसको सेवा खस्कँदै गइरहेको छ ।

चिकित्सक, जनशक्ति र भौतिक संरचनाको अभावले गर्दा अस्पतालले दिनुपर्ने जति सेवा दिन सकिरहेको छैन । टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापना गरिएको हो ।

यहाँका स्थानीय बसिन्दा र राजनीतिक दलका नेताहरुले आन्दोलन नै गरेका कारण त्यति बेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषणा गरेको थियो । गत असारमा प्रदेश मातहतमा गएको यस अस्पताललाई गत फागुनमा संघको मातहतमा रहने गरी नाम परिवर्तन गरेर  स्तरोन्नति गरिएको हो ।

कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी संघीय सरकारको मातहतमा राखिएको यस अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन् । स्तरोन्नति भए पनि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १५:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया