रुबिरोस एक जिगाेलाे जाे राजासँग हात मिलाउँथे, रानीसँग सम्बन्ध राख्थे !

एजेन्सी– केही मानिसहरु उनलाई ‘द लास्ट ब्वाय’ भन्छन्, र केहीले उनलाई ‘जिगोलो’ । 

तर २० औं शताब्दीमा सायदै कोही थिएन, जो डोमिनिकनका पोर्फिरियो रुबिरोसलाई नचिन्ने । उनी एक राजनीतिज्ञ, पोलो प्लेयर, कार रेसर, पायलट र जिगोलो पनि थिए । 

१९४० र १९५० को दशकमा विश्व सत्तामा रहेकासँग काँधमा काँध कसरी मिलाउनुपर्छ भन्ने उनलाई राम्ररी थाहा थियो । उनी दर्जनौं महिलासँग प्रेमसम्बन्धमा रहे । उनले पाँच महिलासँग विवाह गरे, जसमा दुई महिला करोडपति थिए । 

तर एक मध्यम वर्गका डोमिनिकन विश्व राजनीतिमा मुख्य भूमिकामा स्थापित हुनु आश्चार्य लाग्दो विषय थियो । 

पोर्फिरियो रुबिरोसको जन्म १९०९ मा डोमिनिकन गणराज्यमा भएको थियो । उनले आफ्नो जीवनको ५६ वर्ष विश्वका धेरै देशमा बसेर बिताए । 

रुबिरोसको बायोग्राफी ‘द लास्ट प्ले ब्वायः द हाई लाइफ अफ पोर्फिरियो रुबिरोस’ का लेखक स्वान लेवीका अनुसार उनी विश्वका सबैभन्दा रोचक व्यक्ति थिए । 



धनी र शक्तिशाली व्यक्तिसँग सम्बन्ध विस्तार गर्ने मामिलामा उनी निकै चलाख थिए । धनी महिलासँग सम्बन्ध कायम गर्न उनलाई लामो समय लाग्दैनथ्यो । 

उनको बाल्यकाल पेरिसमा बित्यो । पेरिस हुँदा उनी सेनामा भर्ती भए । यो क्रममा डोमिनिकनका तत्कालीन राष्ट्रपति राफेल लियोनिडास तुरजिलोको नजरमा परे र राष्ट्रपतिले छोरी फ्लोर अफ गोल्डसँग रुबिरोसको विवाह गर्दिए । 



लेवी भन्छन् ‘तुरजिलो रुबिरोसलाई निकै महत्वकांक्षी, चतुर र आकर्षक व्यक्ति मान्दथे । एक व्यक्ति जो कोहीसँग भेट्यो कि आफूतर्फ छिट्टै आकर्षित गर्न सक्थे ।’
रुबिरोस आफ्नो चार्मलाई प्रयोग गर्दै सम्पन्नशाली व्यक्तिलाई आकर्षित गर्ने गर्थे । उनलाई मानिसहरु एक ‘उत्कृष्ट प्रेमी’ पनि मान्थे । 

उनी जसरी हुन्छ धनी महिलाहरुको संगतमा हुन चाहन्थे । रुबिरोसले पाँच महिलासँग विवाह गरे । एक विवाह अमेरिकी अरबपति महिला डरिस ड्युकसँग गरेका थिए, उनी तमाखु कम्पनीकी मालिक थिइन् । 

यी दुवैकी साथी हेलेन रोकास भन्छिन् ‘ड्युक खेलौनाको शौखिन थिइन् तर रुबि खेलौना थिएनन् ।’

उनले बारबरा हटनसँग पनि विवाह गरे । जो न्युयोर्कको एक व्यवसायिक परिवारकी महिला थिइन् । संयोग थियो, ड्युक र हटन साथी थिए तर विवाहपछि उनीहरुको सम्बन्ध प्रतिस्पर्धात्मक बन्यो । विवाह गरेको दुई महिनामा नै हटन रुबिरोसलाई छोडेर गइन्, तर रुबिरोसलाई यो विवाहबाट ११ मिलियन डलर रकम आम्दानी भएको थियो । 

लेवि भन्छन् ‘उनी जिगोलो थिए, पैसाका लागि प्रेम बेच्थे ।’

रुबिरोस जासुस थिए

रुबिरोस १९३०–१९६१ को अवधिमा सेनामा काम गर्दा डोमिनिकनका राष्ट्रपति तुरजिलोका लागि जासुसीको काम पनि गर्थे । जब रुबिरोस डोमिनिकनको राजदुत बने यो क्रममा उनी बर्लिन, पेरिस, भिन्सी, बु्रनो एरिस, ब्रसेल्सलगायतका ठाउँमा बसे । 

उनी यस्ता थिए कि कुनै राजासँग हात मिलाउँथे र रानीसँग शारीरिक सम्बन्ध राख्थे । 

१९४६ मा उनीमाथि एक आक्रमण भयो । यो आक्रमण उनकी पत्नि अभिनेत्री डेनियल डेरिक्सलाई लक्षित गरि भएको थियो तर उनले आफ्नी पत्निलाई बचाए । जसमा रुबिरोसलाई तीन गोली लागेको थियो । 

१९६५ मा ५६ वर्षको उमेरमा पोर्फिरियो रुबिरोसको दुर्घटनामा मृत्यु भयो । नशामा हुँदा उनले चलाएको गाडी पेरिसको एक रुखमा गएर ठोक्किएको थियो । 

कतिपय मानिसहरुले रुबिरोसको हत्या भएको बताउँछन् भने कसैले उनले आत्महत्या गरेको । ‘उनीसँग केही पनि थिएन्, जुन अरुको लागि खतरानाक थियो र उनी आफूमा पनि खतनाक थिएनन् ।’ लेवी पनि उनको हत्या वा आत्महत्या भएको हुन सक्ने अनुमान गर्छन् ।   

लेखक भन्छन् ‘कतिपय मानिसहरु रुबि जस्ता व्यक्ति यो संसारमा नभएको राम्रो हुने बताउँछन् । तर म उनको तारिफ गर्छु । उनीसँग मानिसलाई खुशी बनाउने कला थियो । उनले आफ्नो जीवन सानसँग बिताए । धेरै सफल र धनी व्यक्तिको माझमा आफूलाई फिट राखे ।’

र लेवीले मजाक गर्दै भने ‘मलाई लाग्दैन उनी खराब थिए तर मलाई यसमा खुशी छ की मेरी छोरीसँग उनकाे भेट भएन् ।’

  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १८:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया