किन चलिरहेकाे छ न्युड मेकअप ?

मेकअपलाई सुन्दरतासँगै व्यक्तित्व र आत्मविश्वाससँग पनि जोडेर हेर्न थालिएको छ । त्यसैले यो आजको आवश्यकता बनिसकेको छ । व्यक्तित्व विकासका लागि मेकअप र सुहाउँदो ड्रेसअपले प्रमुख भूमिका खेलेको हुन्छ । पार्टी, अफिस, भेटघाट, भोज–भतेर आदि विभिन्न ठाउँमा सहभागी हुँदा समय र परिस्थितिअनुसार विभिन्न शैलीका मेकअप गर्न सकिन्छ । 

पछिल्लो समय न्युड मेकअप ट्रेन्डमा छ । अधिकांशले न्युड अर्थात् प्राकृतिक देखिने खालको मेकअप गर्न मन पराउँछन् । न्युड मेकअपका कारण सुन्दर देखिन गोरो अथवा चम्किलो हुनुपर्छ भन्ने पुरानो मान्यता पनि बिस्तारै हराउँदै गएको छ ।

 न्युड मेकअपले प्राकृतिक देखाउँछ । मेकअप गर्दा प्रयोग गरिने सामग्रीको कलर हलुका हुने भएकाले मेकअप भद्दा हुँदैन । टाढाबाट हेर्दा मेकअप गरेजस्तो नदेखिने भएकाले हेर्दा भद्र देखिन्छ । युवापुस्तामा न्युड मेकअप लोकप्रिय हुनुको मुख्य कारण नै व्यक्तित्वसुहाउँदो हुनु हो । 

यसरी गर्ने न्युड मेकअप ?

  •  यसमा मेकअपका सबै सामान प्रयोग गर्न हुन्छन् । जस्तै, फाउन्डेसन, ब्लर्सस, इल्युमिनेटर्स, फेस ब्रन्जिङ लोसन, क्रिम पाउडर, बनाना पाउडर आदि । 
  •  त्यस्तै, आँखालाई आकर्षक देखाउनका लागि आइस्याडो, आइलाइनर, आइब्रो पेन्सिल, गाजल तथा मस्कारा, आइपाउडर प्रयोग गरिन्छन् । मेकअप गर्दा यी सबै सामान प्रयोगमा ल्याउनुपर्छ भन्ने छैन । आफूलाई सुहाउँदो अर्थात् परिस्थितिअनुकुल कुनै पनि खालको मेकअप गर्न सकिन्छ । र, मेकअपका कुनै पनि सामानको रङ सकेसम्म हलुका हुनुपर्छ । जसले गर्दा गाढापन र भद्दा देखिने हुँदैन ।
  •  लिपस्टिकको प्रयोग गर्दा अलिकति ध्यान दिनुपर्ने हुन्छ । न्युड मेकअपमा लिपस्टिकको कलर भने गाढा लगाउन सकिन्छ । यसले मेकअपलाई आकर्षक देखाउन मद्दत गर्छ । 
  •  ओठ सजावटका लागि लिपस्टिक, लिप पेन्सिल, लिप प्लम्पर्स वा बाम आदि आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । 
  •  मेकअपसँगै नेलआर्टको पनि उत्तिकै महत्व हुने गर्छ । न्युड मेकअप गरेर ब्राइट खालको नेल पोलिस तथा आर्ट गर्दा नमिल्ने खालको हुन्छ । हलुका कलरमा सकेसम्म ड्रेसअपसँग सुहाउने कलर लगाउन सकिन्छ । 




  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार २१:४१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया